निर्वाचन आयोगमा १५ दलले बुझाए समानुपातिक बन्दसूची

काठमाडौँ। निर्वाचन आयोगमा १५ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन्। आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेमकिपा, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जसपा नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन्। यस्तै नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, […]