हेटौंडा : गत सोमबार बिहान १० बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा एउटा एम्बुलेन्स रोकियो। एम्बुलेन्सले भीमफेदी गाँउपालिका-६ की ८६ वर्षीय कोरोना संक्रमित वृद्धालाई ल्याइएको थियो। स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको अवस्थामा अस्पताल आइपुगेकी उनलाई राख्ने बेड अभाव भयो। १० वटा बेड रहेको इमर्जेन्सी वार्डमा कुर्सीमा समेत राखेर १४ जनाको उपचार गरिँदै थियो भने अन्य बेड संक्रमितले भरिएका थिए।अक्सिजनको लेभल ६५ मात्रै रहेकी उनलाई एम्बुलेन्सभित्रै अक्सिजन दिने र अन्य उपचार गर