गायिका अञ्जु पन्तले गरिन् विवाह

गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ । केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि पन्त भने  मौन रहँदै आएकी थिइन् । तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए ।अन्जु

सम्बन्धित सामग्री

थिर कोइराला हुन् गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान्

गायक मनोजराज शिवाकोटीसँग एक दशक अघि नै सम्बन्ध विच्छेद गरेकी गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । इलामका थीर कोइरालासँग अन्जुको विवाह हुने भएको पक्कापक्की जस्तै भएको छ । थिरले सामाजिक सञ्जालमार्फ विवाह गर्न लागेको सत्य हो भनेका छन् ।

विवाह गर्दै गायिका अञ्जु पन्त

काठमाडौं । गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । इलामका थिर कोइरालासँग उनको विवाह हुन लागेको

गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने - Purbeli News

इटहरी / गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । स्रोतका अनुसार अञ्जुले कोइराला थीरसँग दोस्रो विवाह गर्न लागेकी हुन् । गायिका पन्तकी छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ । यद्यपि गायिका पन्तले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् । गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन...