आयाेजक सहारा क्लबलाई हराउँदै धरान फुटबल क्लब क्वाटर–फाइनलमा

कास्की – २२ औँ आहा रारा पोखरा गोल्ड कपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेकाे छ । आयोजक सहारा क्लबलाई एक–शून्य गाेलले हराउँदै धरानले क्वाटर–फाइनलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबसगँको भेट पक्का गरेकाे छ । खेलको चौथो मिनेटमा सहाराका भावगत चौधरीले डि–बक्स बाहिर फउल गरेपछि धरानले फ्रि–किकको अवसर प्राप्त गरेकाे थियाे । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रि–किकमा बुढाथोकीले नै गोल गरे । बुढाथाेकी खेलमा 'म्यान अफ दि म्याच' चुनिए ।  प्रतियाेगितामा भाेलि शुक्...