काठमाडौैं : स्वतन्त्र उम्मेदवारी अभियानले सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आपत्ति जनाउँदै आज (बुधबार) निर्वाचन आयोगमा उजुरी हालेको छ। अभियानले विशेषगरी लामिछानेको पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ।स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले लामिछानेको पार्टीविरुद्ध आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष उजुरी बुझाएका हुन्। साहुसँगै फिल्म निर्माता/निर्देशक समेत रहेका अभियानका सदस्य