दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकको सहयोग

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपालले बिमाबापतको रकम प्रदान गरेको छ ।मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो । विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको […]

सम्बन्धित सामग्री

भूकम्पबाट ज्यान गुमाएका परिवारलाई नगद सहयोग

रुकुम – रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि नगद राहत वितरण सुरु गरिएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका–१४ मा राहत स्वरुप मृतकका परिवारलाई नगत हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले भूकम्पबाट ज्यान गुमाएका मृतकका परिवारलाई नगत हस्तान्तरण गरे। सानीभेरी गाउँपालिका–१ का […]

दैलेखमा मासु अड्किएर ज्यान गुमाएका दलबहादुरको परिवारलाई दश हजार रुपैयाँ सहयोग

दैलेख - दैलेखमा मासु अड्किएर ज्यान गुमाएका नौमुले गाउँपालिका–६ माथिल्लो नाउलीका ३९ वर्षीय दलबहादुर विकको परिवारलाई छिमेकी अमेरिकाको क्यालिफोर्नियामा रहेका मनेन्द्रचन्द ठकुरीले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । अस्ति आइतवार पोलेर खाँदै गरेको मासु घाँटीमा अड्किएर दलबहादुरको ज्यान गएको थियो । उहाँका चार छोरा र दुई छोरी छन् । आर्थिक अवस्था कमजोर हुँदा काजक्रियामा समेत समस्या रहेको मृतकका छिमेकले बताएका छन् ।

इजरायलमा ज्यान गुमाएका १० नेपालीका परिवारलाई आर्थिक सहयोग

काठमाडौं– प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।  मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको हो । मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका […]

कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव ल्याउन सहयोग गर्ने सरकारकाे निर्णय

काठमाण्डाै - सरकारले कम्बोडियामा ज्यान गुमाएका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएकाे छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रवार आज सरकार प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्ताे जानकारी गराउनु भएकाे हाे ।  यस्तै बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएकाे उहाँले बताउनु भयाे। सरकारले प...

कावासाेतीमा कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगरपालिकाको सहयोग

नवलपरासी –  नवलपरासी (बर्दघाट– सूस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ । आज मङ्गलवार एक कार्यक्रमकाबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको हो । सङ्घीय सांसद तिलक महतले मृतकका आफन्तलाई प्रतिपरिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।  कावासोती नगरपालिकाले नगरभित्र कोभिड सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । त्यही ...

पहिरोमा ज्यान गुमाएका सात परिवारलाई आर्थिक सहयोग

तनहुँ – पहिरोमा ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई शनिबार आर्थिक सहयोग प्रदान गरिएको छ। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो। पहिरोमा मृत्यु भएका परिवारलाई पूर्वमन्त्री बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। व्यास […]

चट्याङबाट ज्यान गुमाएका विनोदको परिवारलाई प्रशासनद्धारा दुई लाख सहयोग

चट्याङ लागेर ज्यान गुमाएका विद्यार्थीको परिवारलाई प्रशासनले दुई लाख सहयोग गरेको छ । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका १८ वर्षीय विनोद विश्वकर्माको परिवारलाई प्रशासनले दुई  लाख सहयोग गरेको हो । प्रमुख...

साइप्रसमा ज्यान गुमाएका रोशनको परिवारलाई एकता समाजको सहयोग

पोखरा । वैदेशिक रोजगारीको क्रममा साइप्रसमा ज्यान गुमाएका कास्कीका युवा रोशन अधिकारीको परिवारलाई साइप्रस नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. २ का केशव अधिकारी र पवित्रा अधिकारीकाका २१ बर्षीय छोरा रोशनको गत नोभेम्बर ४ तारिखका दिन साइप्रसमा मृत्यु भएको थियो । एकता समाजले संकलन गरी पठाएको एक लाख ४१ हजार २५० रुपैयाँ सहयोग मृतक रोशन अधिकारीका बुवा आमालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव ठाकुर खनालले अन्नपूर्ण गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा महासचिव खनाल, राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा (मसाल) कास्की जिल्ला प्रवक्ता चन्द्र बहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सम्बोधन गर्नुभएको थियो भने मृतकका हजुरआमा तुलसी अधिकारी, वार्ड न.२ का सदस्यहरु देवराज भण्डारी, भगवती भण्डारी, नौली सुनार, वार्ड नं ३ का सदस्य रामजि पौडेल, अन्नपूर्ण शिक्षा शाखाका बलराम भुजागाईको आतिथ्यता रहेको थियो । राहत वितरण कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका–२ का अध्यक्ष चुरामणी अधिकारीको अध्यक्षता र राजमो निवर्तमान अध्यक्ष मदन मुरारी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।