धितोपत्र बोर्डका ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्म ढुंगानालाई मन्त्रिपरिषद् बैठकले समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सर्वोत्तम सिमेन्टको सेयर चलखेलमा मुछिएका उनलाई यसअघि अर्थ मन्त्रालयले छानबिनका लागि स्पष्टीकरण सोधेकोमा मन्त्रिपरिषद्ले पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनले आफन्तको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर चलखेल गरेको आरोप छ ।