ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्रीस्टार र जावलाखेल भिड्दैछन्।जारी प्रतियोगितामा थ्रीस्टार ६ खेलबाट ७ अंक जोडेर सातौँ स्थानमा छ। समान खेलबाट समान अंक जोडेको जावलाखेल भने गोल अन्तरका आधारमा थ्रीस्टारभन्दा दुई स्थान पछाडि छ। दुवै टोली आजको खेल जितेर पाँचौ स्थानमा उक्लिने तयारीमा छन्।यस्तै‚ दशरथ रंगशालामै साँझ पौने ५ बजे हुने दोस्रो खेलमा मनाङ मस्याङ्दी र ब्रिगेड ब्वोइजबीच प्रतिस्पर्धा हुनेछ।