कोरोना विरुद्धको खोप लगाउन देशभरका परीक्षार्थीलाई शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नजिकको खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन देशभरका १२ कक्षा र माथिका विद्यार्थीलाई अनुरोध गरेको छ । खोप लगाउन आवश्यक पर्ने १८ वर्ष उमेर पुगेका परीक्षार्थीले प्रवेश पत्रसहित तोकिएको नजिकको खोप केन्द्रमा गएर सेवा लिन मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई यही माघ १५ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागि गराएका छन् । सोहीअनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेका बालबालिकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेक

आजदेखि विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइँदै

काठमाडौं । आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही अनुसार […]

देशभरका विद्यालय माघ १५ सम्म बिदा

कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको भन्दै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको छ ।  विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई ध्यान दिँदै सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुने गरेर मंगलवारदेखि बिदा दिने निर्णय गरेको मन्त्रालयले सूचना जारी गरेर जनाएको हो ।  सो अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहका स्वास्थ्यचौकीमार्फत् कोरोना विरुद्धको खोप लगाइने मन्त्रालयको भनाइ छ ।  साथै बिदाको अवधिमा विद्यालयहरूले सिका...