नागरिक एपबाट एक हजारले खोले नेपाल बैंकमा खाता

नागरिक एपबाट नेपाल बैंकमा १ हजार जनाले निक्षेप खाता खोलेका छन् । गत बैशाखमा नागरिक एपबाटै बैंकमा खाता खोल्न सकिने सुविधा थप भएको थियो । शुरूमा नेपाल बैंक र सिद्धार्थ बैंक त्यसमा आवद्ध भएका थिए भने अहिले त्यसमा मेगा बैंक पनि थप भएको छ ।हालसम्म नागरिक एप प्रयोग गरी १ हजार जनाले नेपाल बैंकमा निक्षेप खाता खोलेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारिले बताए...

सम्बन्धित सामग्री

नबिल फोनलोन मार्फत् अब बिना धितो २ लाखसम्म कर्जा

नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।  यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा बैंकले त्यसलाई बढाएर अब रु. २ लाख पुर्याएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको बैंकले जनाएको छ ।नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । बैंकका अनुसार अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाई नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।बैंकका अनुसार ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला  ‘बाई नाउ पे लेटर’  को विकल्प रोज्न सक्छन् ।आफ्ना फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो  फोनलोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने बैंकले जनाएको छ।‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)ले भने । ‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’  उनले थपे । ‘हामी यो प्रडक्टको प्रभावकारिता, साथै ग्राहकको मागप्रति पनि विश्वस्त छौ, यहीकारण पनि नबिलले फोनलोनको सीमा र योग्य समूहको दायरा बढाएको हो,’ उनले प्रष्ट पारे ।

माछापुच्छ्रे बैंकमा मोबाइल एपबाटै कर्जा लिने सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती निक्षेपको आधारमा कर्जा लिन सकिने भएको छ । बैंकको मोबाइल बैंक एप ‘एमबीएल स्मार्ट’ मा ‘स्मार्ट लोन अगेन्टस फिक्स डिपोजिट’ सुविधाको सुरुवात गरेको जनाएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा ‘लोन अगेन्स फिकस डिपोजिट’ सुविधा प्रयोग गरि […]

कुमारी बैंक र फोनपेबीच सहकार्य, अब मोबाईल एपबाट किस्ताबन्दीमा रकम तिर्न पाइने

काठमाडौं, ५ पुस । अब फोनपे पेमेन्ट सर्भिसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एपबाट किस्ताबन्दीमा रकम तिर्न पाइने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा दिएको हो । यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन् । यसका […]

नागरिक एपबाट कसरी खोल्ने बैंकमा खाता ?

सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाटै प्रदान गर्ने उद्देश्यसहित सरकारले केही समय अगाडि नागरिक एप सार्वजनिक गरेको थियो । नागरिक एपमा विभिन्न सुविधा छन् र नयाँ सुविधा पनि थप हुने चरणमा छन् ।   नागरिक एपको एउटा सुविधा भएको क्युआर कोड स्क्यान गरेर अनलाइन खाता खोल्न सकिने हो । नागरिक एपबाटै खाता खोल्न सकिने भएपछि कागजात बोकेर तथा पहिचान प्रमाणीकरण...

समृद्धि फाइनान्सद्वारा मोवाइल रेमिट्यान्स सेवा शुरु

जेठ २५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ । जस अन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगै ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी पाउने सक्ने कम्पनीले बताएको छ ।  रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘सेन्ड मनी’ मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘रिसिभ मनी’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बंैक खातामा संकलन वा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । साथै कम्पनीले सञ्चालनमा ल्याएको समृद्धि एम बैंक एप्लिकेशनबाट ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरीद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नुका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्ने बताइएको छ ।  हाल कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्दै आएको समेत कम्पनीले जानकारी गराएको छ ।

प्रधानमन्त्रीको नयाँ खाता नेपाल बैंकमा

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा अनलाइमार्फत आफ्नो खाता खोलेका छन्नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा […]

प्रधानमन्त्री ओलीले नागरिक एपबाट खोले नेपाल बैंकमा खाता

चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको शुभारम्भ गर्दै उक्त एप मार्फत नेपाल बैंक लिमिटेडमा अनलाइन खाता खोलेका छन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।

प्रधानमन्त्री केपी ओलीले खोले नेपाल बैंकमा खाता

काठमाडौं । चौंथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंकमा अनलाइनबाट खाता खोलेका छन् ।प्रधानमन्त्री ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा खाता खोलेका हुन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश छ ।नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुन

प्रधानमन्त्रीले क्यूआर कोडबाटै खोले बैंक खाता

काठमाडौं। सरकारले आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको ‘नागरिक एप’बाट क्यूआर कोड स्क्यान गरेरै बैंकमा खाता खोल्न सकिने भएको छ। यसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले एपमार्फत क्यूआर कोडबाट नेपाल बैंकमा खाता खोलेर गरेका छन्। यसैगरी, सिद्धार्थ बैंकमा समेत नागरिक एपबाट क्यूआर कोड स्क्यान गरेर खाता खोल्न सकिनेछ।