बाग्मती, लुम्बिनी र सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन आजदेखि

काठमाण्डाै - बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको प्रदेश सभा सचिवालय...

सम्बन्धित सामग्री

प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम : विद्यार्थी समस्यामा

लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ । जसका कारण त्यहाँ

लुम्बिनीमा सरकार गठनका लागि आह्वान, पुस २७ सम्मको सीमा

रुपन्देही । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ । प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने […]

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गते

१४ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् । हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन […]

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान

बुटवलः लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते सोमबार आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३(१) बमोजिम सोमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। अधिवेशन लुम्बिनीको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) बोलाइएको हो। यसअघि…