३ बजे प्रधानमन्त्रीको सम्बोधन, लगत्तै बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधनको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकार गठन भएको ६ महिनापछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सरकारले ६ महिनामा गरेका उपलब्धि, कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका कामलगायत विषय सम्बोधनमा समेटिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्रीको सम्बोधन लगत्तै बालुवाटारमा सरकार सञ्चालनमा सहजीकरण गर्न गठित उच्चस्तरीय राजनीतिक संय...