जनपेक्षाअनुसारको भूमिका निर्वाह गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा

काठमाडौँ – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपतिसमशेर जबराले जनताको अपेक्षाअनुसारको सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्। बिहीवार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताए। उनले असल र इमान्दारीसाथ सभामुखको भूमिका निर्वाह गर्ने बताए। उनले जनताले चाहेको भूमिका आफूले सदनमा निर्वाह गर्ने पनि बताए। ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष […]

सम्बन्धित सामग्री

सभामुखमा सापकोटा निर्वाचित

प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका हुन् । बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको बताए ।