सरकारले सहयोग गरे नेपाल औषधिमा आत्मनिर्भर बन्छ : उद्योगी

औषधी उद्योगीहरुले सरकारको सहयोग पाए नेपाल औषधीमा आत्मनिर्भर बन्न सक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटघाटका क्रममा औषधि उत्पादक संघका उद्योगीहरुले यस्तो बताएका हुन् । संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्नेक्रममा महासंघ र उत्पादक संघबीच छलफल भएको हो । सो क्रममा सरकारको सहयोग पाएमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिने उद्योगीहरुले बताएका छन् । केही वर्ष अघिसम्म करिव १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिव ५० प्रतिशत पुुगेको छ । स्वदेशी उद्योगलाई