खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्दा ओलीलाई कति सहज ?

काठमाण्डौ – सत्तारुढ नेकपा एमालेका चार सांसदले 'फ्लोर क्रस' गरेरै भए पनि माओवादी केन्द्रतर्फका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिए । कर्णालीमा अनपेक्षित गतिविधि भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका सांसद प्रकाश ज्वालासहितका सांसदलाई स्पष्टीकरण सोध्नुभयो ।  त्यतिले नपुगेर नयाँ विकसित घटनाक्रममा थप सशङ्कित बन्नुभएका ओलीले सोमवार खनाल–नेपाल समूहका २७ प्रतिनिधि सभा सदस्यलाई पनि स्पष्टीकरण सोध्नुभएको छ । स्पष्टीकरण पत्रमा पार्टीको विधानमा उल्लेख...

सम्बन्धित सामग्री

ढाकाको सांसद पद के हुन्छ? ‘एक अधिकारी’को कुरा पत्याउने कि कानुनको ?

राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा प्रसाइँसँग दुई करोड मागेको अडियो काण्डपछि आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा उनको साधारण सदस्यता खारेज गरेको र फलस्वरुप सांसद पद खारेज भई रिक्त स्थानमा बिन्दबासिनी कंसाकारलाई निर्वाचित गर्न प्रक्रिया अघि बढाउने जानकारी दिइयो। तर मिडियामा भने समानुपातिक सांसदलाई हटाउने प्रक्रिया सहज नभएको भन्दै समाचारहरु… Continue reading

आक्रामक एमाले, सम्हालिन सकेनन् सभामुख

२३ भदौ, काठमाडौं । संसदको सबभन्दा ठूलो दल नेकपा एमाले विभाजनपछि बुधबार आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको पहिलो दिन सहज हुन सकेन । पहिलो दिन तीन वटा बैठक बस्यो । सबै बैठकमा प्रमुख प्रतिपक्षी एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनलाई सहयोग गरेको भन्दै सभामुख अग्नि सापकोटामाथि प्रश्न उठाउँदै नाराबाजी गर्‍यो । तेस्रो […]

एमालेको लगातारको अवरोधपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।  यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्नेछन् । एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबार दुई पटकसम्म संसद अवरुद्ध पारेको हो ।  एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोलेलगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबा