भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यात रोक्ने

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ । भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । ख...