काठमाडाैं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा शीतलहरका कारण सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको दाउन्ने खुर्सानीखोला क्षेत्रमा सडक हिलो र चिप्लो बनेपछि सवारीसाधन चढ्न नसकी अड्किएका हुन् ।केही दिनयता निरन्तर शीतलहरका कारण उक्त सडकखण्डमा सवारी जाम बढ्दै गएको छ । जामका कारण यात्रुहरू लामो समयसम्म बाटोमै अलपत्र परेका छन् । जिल्ला […]
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी पुस १७ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।नेत्रृ जियाले प्रधानमन्त्रीका रूपमा नेपाल-बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय छ ।
डेनमार्कले पत्र वितरण अर्थात् हुलाक सेवा अन्त्य भएको घोषणा गरेको छ। यससँगै डेनमार्कको ४ सय वर्ष पुरानो डाक सेवाको युग समाप्त भएको छ। डेनमार्कको सरकारी डाक सेवा ‘पोस्टनर्ड’ ले आफ्नो इतिहासकै अन्तिम पत्र वितरण गरिएको जानकारी दिएको छ। ४ सय वर्षदेखि सञ्चालन हुँदै आएको यो राष्ट्रिय सेवा डिजिटल युगको बढ्दो प्रभावका कारण बन्द भएको हो। […]
१६ पुस, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आठ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहेको छ ।
तत्कालीन सरकारले लगाएका आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा …
एएफपी । पाकिस्तानका योजना तथा विकासमन्त्री अहसान इकबालका अनुसार, आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो त्रैमासिकमा देशको कुल घरेलु उत्पादनमा ३.७१ प्रतिशत वृद्धि भएको छ । मन्त्रीका अनुसार उक्त वृद्धि अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा २.१५ प्रतिशत बढी हो र यसलाई देशको आर्थिक प्रगतिको गुणात्मक सुधारको रूपमा लिइएको छ । उक्त वृद्धिमा मुख्य योगदान औद्योगिक […]