बडा दशैंको अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि […]
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल समय परिवर्तन गरिएको छ । डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन गरिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । विशेषगरी, दैनिक दुइ खेलहरु […]
३ कात्तिक, काठमाडौं । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाको खोला किनारका सुकुमवासीलाई डोजर चलाएर हटाएपछि विस्थापित भएको मेनुका गुरुङ ६ महिनादेखि खरिपाटी होल्डिङ सेन्टरमा बसिरहेकी छन् ।
अघिल्ला दसैंमा नयाँ लुगा, मिठोमसिनो खानेकुरा र परिवारसँग रमाइलो …
काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् । साविकको राजनिकुञ्ज हाल नेपाल ट्रष्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना एवं […]