मिर्गौला पीडित मनिदेवीको जीवन बचाइदिन आग्रह

मेघराज रिस्मेली, जापान । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ प्याङखोला डाँडा गाउँकी ३४ वर्षीया मिर्गौला पीडित मनिदेवि विकको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । मनिदेवीको भारतको एक अस्पतालमा बिगत ६ महिनादेखि उपचारत भइरहेको छ । पहिल्यै श्रीमान गुमाएकी चार सन्तानकी आमा मनिदेवीको आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले उपचारमा समस्या परेको भन्दै सहयोगका लागि अपिल गरिएको हो । उनका श्रीमानको केही वर्षअघि नै खोलाले बगाएर मृत्यु भएको थियो भने ३ छोरी र १ छोरा सानै उमेरका छन् । सामान्य दलित परिवारकी मनिदेवीको बुटवल, काठमाडौं हुँदै उपचारका क्रममा खर्च अभाव भएपछि अहिले भारतमा रहेका उनका आफन्तले केही उपचार गराइरहेको भएपनि ठूलो धनराशी लाग्ने भएकाले उपचारमा समस्या भएको छ । पीडित मनिदेवीलाई बचाउनका लागि जापानमा रहेका केही समाजसेवीहरुको अगुवाईमा रकम संकलन सुरु गरिएको छ हालसम्म केही सहयोग रकम उठेपनि उनको पूर्ण उपचारका लागि थप सहयोग आवश्यक रहेकोले इच्छुक व्यक्तिहरुलाई सहयोगको लागि आग्रह गरिएको छ । सहयोग रकम जापान पोष्ट बैंकको खाता नं १०३६०७०६८९२६१ मा जम्मा गरिदिन हुन आग्रह गरिएको छ ।

सम्बन्धित सामग्री

लिभरपुल स्कुलद्वारा मिर्गौला पीडित विद्यार्थीलाई आर्थिक सहयोग

मिर्गौला फेल हुनुअघि उनी शंखमूलस्थित लिभरपुल विद्यालयमा कक्षा सातमा अध्ययनरत थिइन् ।

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग

पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सहयोग गरेको हो ।  दर्जीको घरमै पुगेर नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडाध्यक्ष दिवाकर देवकोटालगायतले सो रकम हस्तान्तरण गरे । समस्यामा परेका बालबालिकालाई आपत्कालीन बाल उद्धार कोषबाट आर्थिक सहयोग गरिएको आपत्कालीन सञ्चालन समितिका संयोजक एवं नगर प्रमुख थापाले बताए । पछिल्लो समय भारतमा नियमित उपचार गराउँदै आएका दर्जीलाई थप उपचार

मिर्गौला पीडित १३ वर्षीय बालकलाई सहयोग जुटाइदिन परिवारको अपिल

झापा : मिर्गौला पीडित भद्रपुर नगरपालिका ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठको उपचारका लागि आर्थिक रकम सहयोग जुटाईदिन उनका परिवारजनले अपिल गरेका छन्।आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडित नवीनको हाल कान्ति बाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। भद्रपुर– ९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया श्रेष्ठले अपिल गरेकी हुन्।विगत ५ वर्षदेखि मिर्गौला रोगबाट छटपटाइरहेका नवीनको उपचारमा हालसम्म १९ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको बताउँदै पूर्णमाया

गुल्मीका मिर्गौला पीडित अनन्तबहादुरको याचना : मलाई बचाइदिनुस्

९ चैत, गुल्मी । उपचारका लागि अस्पताल भर्ना भएका मिर्गौला पीडितले आफूलाई बचााइदिन सहयोगको याचना गरेका छन् । रेसुङ्गा नगरपालिका वडानम्बर-५ निवासी ३५ वर्षका मिर्गौला पीडित अनन्तबहादुर खत्रीले सहयोगको याचना गरेका हुन् । आर्थिक अभावमा उनको उपचार गर्न समस्या भएपछि अनन्तबहादुर र उनको परिवारले आफन्तहरूलगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् । दुईवटै मिर्गौलाले काम […]

मिर्गौला पीडित पण्डितलाई सहयोग

मिर्गौला पीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब दुई लाख सहयोग गरिएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो । सङ्गठनको ११ औं जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उनलाई हस्तान्तरण गरिएको छ ।कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितका उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामति कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए । बिरामी पण्डितलाई

अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ ।बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गर्नुभएको हो । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् […]

मिर्गौला पीडित सरोकार समाजले अर्थमन्त्री शर्मालाई दियो धन्यवाद

काठमाडौं, भदौ ३१ । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो । बजेटमा दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ […]

दीर्घरोगीलाई उपचार खर्च : मिर्गौला पीडित खुशी

बजेटमा मिर्गौला दीर्घरोगीलाई मासिक उपचार खर्च व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई मिर्गौला पीडित सरोकार समाजले धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगा देवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरे । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।‘दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान

मिर्गौला पीडित गीताको पक्षमा सर्वोच्चले सुनायाे  फैसला

झापा : सर्वोच्च अदालतले दुवै मिर्गौला पीडित भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको पक्षमा फैसला सुनाएको छ।नेपालको कानुन बाधक बनेपछि स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न नपाएर श्रीमती गीतालाई लिएर भारतको दिल्ली पुगेका श्रीमान् देवीचरण भण्डारीले कानुनी व्यवसायीसँग सल्लाह गरी साउन २६ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।देशमा मिर्गौला प्रत्यारोपणका लागि बनाइएको कानुनले काका ससुराले मिर्गौला दिन पाउने व्यवस्था नराखेपछि देवीचरणको तर्फबाट अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्चमा मुद्दा हालेका

मिर्गौला पीडित बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण

मिर्गौला पीडित एक बिरामीलाई दक्षिण कोरियाबाट संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। स्याङ्जा वालिङ–६ की २७ वर्षीय मिर्गौला पीडित हिमा भुसाल अर्याललाई सहयोग रकम हस्तान्तण गरिएको हो।