लुम्बिनी प्रदेशमा तीन जना स्वास्थ्यकर्मी बने जनप्रतिनिधि

वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा अन्य पेसाबाट आएकाहरु पनि चुनावी मैदानमा गएर विजयी भएका छन् । लुम्बिनी प्रदेशमा ३ जना स्वास्थ्यकर्मी स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि बन्न सफल भएका छन् । पाल्पामा दुई र दाङमा एक जना गरी तीन जना स्वास्थ्यकर्मीहरुले स्थानीय चुनाव जितेका छन् ।पाल्पाको माथागाढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन् । नेकपा एमालेबाट माथागढी गाउँपालिकाको अध्यक्षमा यमबहादुर चिदी निर्वाचित भएका छन् । उनले ६ हजार १०९ मत ल्याउँदै नेपाली काँग्रेसका