अमेरिकी राष्ट्रपति बाइडेनद्वारा रुसी राष्ट्रपति पुटिनलाई तानाशाहको संज्ञा

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । युक्रेनमाथि सुनियोजित र बिनाउक्साहट आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गल्ती गरेको बाइडेनको भनाइ छ । संसदमा सम्बोधन गर्दै बाइडेनले पश्चिमा देशहरुलाई विभाजन गर्न सक्ने पुटिनको गलत आँकलन रहेको भन्दै पश्चिमी देश एकजुट रहेको बताउनुभयो । उहाँले  रुस अहिलेसम्मकै सबैभन्दा धेरै एक्लिएको दाबी पनि गर्नुभयो । यसैबीच रुसी सेनाले युक्रेनको द...