गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुई मन्त्रीद्वारा शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसका सरस्वती अर्याल र माओवादी केन्द्रका सुशीला सिम्खडा मन्त्री बन्नुभयो । उहाँहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउनुभयो ।