नीतिगत निरन्तरता सकारात्मक

नयाँ अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतको पहलमा गर्न लागिएको लगानी सम्मेलनलाई सफल बनाउन कूटनीतिक प्रतिनिधिहरूसँग भेटघाट गरी आग्रह गरेका छन् । सत्तासमीकरण परिवर्तन भएर नेपाली कांग्रेसका महतले चलाएको अर्थमा एमाओवादीबाट पुन आएका छन् । यससँगै लगानी सम्मेलन हुन्छ कि हुँदैन भन्ने आशंका जन्मिएको थियो किनभने विगतमा मन्त्री फेरिएपछि नीति र कार्यक्रम फेरिने गरेको थियो । तर, अहिले पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति र कार्यक्रम कार्यान्वयनमा पनि उत्तिकै सक्रियता देखियो भने यसले सकारात्मक सन्देश प्रवाह गर्छ ।  पुनले लगानी सम्मेलनलाई सफल बनाउन प्रयास गरेको देखिन्छ । त्यस्तै निवर्तमान अर्थमन्त्रीले संसद्मा पेश गरेको बजेटका प्राथमिकता तथा नीति र कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ र संसद्मा यसमा छलफल भइरहेको छ । यद्यपि यसलाई फिर्ता लिन कानूनी अड्चन देखिन्छ । नीति र कार्यक्रम नफेर्ने तर त्यसमा संशोधन गरेर पारित गर्ने तयारी सरकारको देखिन्छ । एउटै दलबाट अर्को व्यक्ति मन्त्री बन्दासमेत कार्यक्रम र प्राथमिकता फेरिने गरेको छ । अहिले सत्तागठबन्धन नै परिवर्तन भए पनि निरन्तरता दिइएको छ । हेर्दा यो सामान्य लागे पनि निकै सकारात्मक काम हो । त्यसो त गृहमन्त्री रवि लामिछानेले पनि निवर्तमान मन्त्रीले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । यस्तै भनाइ र काम गराइ अन्य मन्त्रीबाट आएमा त्यसले लगानीकर्तामाझ निकै सकारात्मक सन्देश जाने र उत्साह आउने देखिन्छ । पर्यटन मन्त्री फेरिएपिच्छे नीति र कार्यक्रम फेरिँदा कुनै पनि कार्यक्रम सफल भएका छैनन् । त्यसैले यस्तो पुराना मन्त्रीको नीति र कार्यक्रमलाई निरन्तरता दिने र आवश्यकताअनुसार संशोधनमात्रै गर्ने नीतिले नीतिगत स्थिरता कायम गर्न मद्दत गर्छ ।  सरकारले लगानी सम्मेलनलाई उच्च प्राथमिकता दिएको छ । त्यसैअनुसार सरकारले ठूला उद्यमीहरूलाई समेत सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेको छ । आमन्त्रितहरूसँग एकदुई चरणमा कुरा भएको भए उनीहरूको आगमन सम्भव पनि हुन्छ । अन्यथा निमन्त्रणकै भरमा उनीहरू सहभागी हुने सम्भावना कम छ । लगानी सम्मेलन सफल हुनेमा भने आशंका नै छ । सम्मेलनको तयारी नेपाली कांग्रेसको अर्थमन्त्रीले गरेका थिए । अहिले कांग्रेस अलमलिएको देखिए पनि नेपालमा आर्थिक उदारीकरण शुरू गर्ने र त्यसको पक्षमा उभिने पार्टी भएकाले विदेशी लगानीकर्ताले उसलाई बढी विश्वास गर्नु स्वाभाविक हो । यद्यपि कांग्रेसका पछिल्ला गतिविधिले भने ऊ उदारीकरणको पक्षमा कत्तिको बलियोसँग उभिन्छ भन्नेमा अविश्वास जगाएको छ । कम्युनिष्ट पार्टीहरूले पनि उदारीकरणको नीतिलाई परित्याग गरेका छैनन्, मुलुकको अर्थनीतिमा त्यो समावेश छ । त्यस्तै उनीहरूले पनि विदेशी लगानी आकर्षित गर्ने, निजीक्षेत्रलाई उच्च प्राथमिकता दिने कुरा बताएका छन् । तर, उनीहरूको सैद्धान्तिक धरातल भने आर्थिक उदारीकरण होइन । कम्युनिष्टहरूको जोडबलकै कारण संविधानमा समाजवाद उन्मुख नीति उल्लेख भएको हो । अहिले पनि उनीहरूको बोली र व्यवहारमा विरोधाभास छ । यसले गर्दा उनीहरूप्रति विश्वास गर्ने पूर्ण वातावरण चाहिँ बनिसकेको छैन । त्यसैले लगानी सम्मेलन चुनौतीपूर्ण छ ।  निजी सम्पत्ति, उद्योगीव्यवसायीप्रति सकारात्मक सोच, उनीहरूलाई प्रोत्साहन आदि भएमा मात्रै लगानी आउने हो । त्यस्तै राज्यले नियमनको काम गर्ने र उद्योग, व्यवसाय पूर्ण रूपमा निजीक्षेत्रले गर्ने पक्षमा कम्युनिष्ट पार्टी स्पष्ट छैनन् । सरकारले उद्योग चलाउनुपर्छ, व्यापार गर्नुपर्छ भन्ने सोच पाइन्छ । अहिलेको सरकारमा कम्युनिष्ट दलहरूको रजगज देखिन्छ । त्यसो हुँदा विदेशी लगानीकर्तालाई उदार र बजारमुखी अर्थनीति, सरकारको कम हस्तक्षेपजस्ता कुरामा आश्वस्त गराउन आवश्यक हुन्छ । यसमा वर्तमान सरकार कत्तिको सफल हुन्छ त्यो हेर्न सम्मेलन नै कुर्नुपर्ने हुन्छ । सम्मेलनमा लगानीकर्ताको उल्लेख्य उपस्थिति भयो र तिनले लगानीको प्रतिबद्धता मात्रै व्यक्त गरे भने पनि त्यसलाई सफलता मान्नुपर्ने हुन्छ । 

सम्बन्धित सामग्री

वादोरियोमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो संघको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार सर्वसम्मत चयन गरेको छ।...

वादोरियोमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो संघको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार सर्वसम्मत चयन गरेको छ।...

स्केटिङमा खनालको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको चुनावी साधारण सभाले अच्यूत खनाललाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् । राजकुमार घिमिरे, […] The post स्केटिङमा खनालको निरन्तरता first appeared on Hamro Khelkud.

गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय

नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकपछि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए। देश दक्षिणपन्थी...

आयात प्रतिबन्ध परिमार्जनसहित निरन्तरता

अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्थामा सुधार नदेखिएपछि १४ भदौसम्म आयात प्रतिबन्धलाई निरन्तरता दिने सरकारको निर्णय   सरकारले १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयातको प्रतिबन्धलाई १४...

बीमा सेवालाई टिचिङ अस्पतालले निरन्तरता दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने बताए। उनका अनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी शोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने भएको छ। […]

कुलमानको नियुक्तिलाई निरन्तरता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि घिसिङको नियुत्तिले निरन्तरता पाएको छ। सर्वोच्च अदालतको यो अन्तिम निर्णय भने होइन ।...

गुल्मीमा अर्को आदेश नहुँदासम्म निषेधाज्ञालाई निरन्तरता

१ असोज, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जारी निषेधाज्ञालाई अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय भएको प्रशासनले जारी गरेको आदेशमा भनिएको छ । अनावश्यक रुपमा मानिसहरु भेला हुने, सभा, जुलुस, जात्रा, भोज भतेर, महोत्सव गर्न नपाइने जारी आदेशमा उल्लेख छ । यस अवधिमा पर्ने चाडपर्व, धार्मिक, सामाजिक सांस्कृतिक कृयाकलापहरु स्वास्थ्य मापदण्डको […]

खुकुलो मौद्रिक नीतिलाई थप निरन्तरता दिने गभर्नर अधिकारीको भनाइ, राहतमा निरन्तरता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  कोभिड–१९ का कारण लिएको खुकुलो मौद्रिक नीतिलाई थप निरन्तरता दिने बताएका छन् । केन्द्रीय बैकको ६६औं वार्षिक उत्सवको अवसरमा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै  गभर्नर अधिकारीले दोस्रो चरणको कोभिड राहतको रुपमा निरन्तरता दिने बताएका हुन् । ‘कोभिड-१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर-परम्परागत, लचिलो एवम् सहजीकरण सहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदा...