कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः सबै परिणाम आउन एक साता लाग्ने

काठमाडौं, पुस १। नेपाली कांग्रेसको मंगलबार सम्पन्न १४औं महाधिवेशनको मत परिणामअनुसार हालसम्म एक सभापति र दुई उपसभापतिको परिणाम आएको छ । कांग्रेस महाधिवेशनको मतदान प्रक्रियामा १ सय ३४ पदका लागि ४ सय ८९ उम्मेदवार मैदानमा थिए । जसमध्ये प्रदेश २ अन्तर्गतका दुई सदस्य पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अब ४ सय ७७ उम्मेदवारमध्ये […]

कांग्रेस महाधिवेशनः उपसभापतिमा खड्का र गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी बनेका छन् । कांग्रेस केन्द्रीय समिति विधानअनुसार दुई जना निर्वाचित उपसभापति रहने व्यवस्था छ । बुधबार राति साढे १२ बजे सकिएको मतगणनाको अन्तिम मत परिणामअनुसार उपसभापति पदमा खड्काले १ हजार ९ सय १ र गुरुङले १ हजार ७ सय ४१ मत प्राप्त गरेका हुन् […] The post कांग्रेस महाधिवेशनः उपसभापतिमा खड्का र गुरुङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यको मतगणना बिहीबार हुने

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिशवेशन अन्तर्गत भएको मतदानमा केन्द्रीय सदस्यको मतगणना भोलिमात्रै हुने भएको छ । भर्खरै सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिको बैठकले केन्द्रीय सदस्यको मतगणना बिहीबार मात्रै सुरु निर्णय गरेको हो । उपसभापतिको मतगणना अब ४ बजेपछि सुरु हुने भएको छ । आज नै मतपरिणाम आउने पनि समितिले जनाएको छ । […]

कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना अपरान्ह्बाट

काठमाडौं, मंंसिर २९ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको गन्न बाँकि दपाधिकारिहरुको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने जनाएको छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन […]

कांग्रेस महाधिवेशनः जो गुट फेरिरहन्छन्

काठमाडौ, मंसिर १९ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए। देउवा सभापतिमा निर्वाचित भए तर केसी महामन्त्रीमा पराजित भए। त्यसपछिको केही समय देउवा गुटमै रमाएका केसीले उक्त समूह छाडे। देउवा गुटबाट बाहिरिएपछि केसी पार्टीभित्र रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूह वा १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको […]

कांग्रेस महाधिवेशनः नेताहरुको ध्यान प्रतिनिधितर्फ

काठमाडौं, असोज १। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भइसकेको छ । ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसको बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गते हुँदै छ । असोज ९ गते गाउँ÷नगर अधिवेशन गर्न लागेको कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन र एकमात्र […]

कांग्रेस महाधिवेशनः संकल्पविपरीत युवा नेता

काठमाडौं, भदौ २५ । ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिनेछौं, नेपाली कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले २०७४ पुस १५ गते जारी गरेको संयुक्त विज्ञप्तिको अंश हो यो। कांग्रेसले प्रतिनिधि र […]

कांग्रेस महाधिवेशनः ५३ जिल्लाको सूची सार्वजनिक

काठमाडौं, भदौ १३। कांग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई/तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी कांग्रेसले दिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विवादको छिनोफानो गर्दै सदस्यताको सूची सार्वजनिक गरिने जानकारी दिए । यसक्रममा शनिबार क्रियाशील सदस्यताको विवादको छिनोफानो भएका थप पाँच जिल्लाको सूचीलाई […]

कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन । स्रोतका […] The post कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस महाधिवेशनः नेता बन्ने ‘लालसा’

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति घोषणा भएसँगै जिल्लाका वडा तहमा कांग्रेसीका चुनावी समीकरण बनिरहेका छन्। कांग्रेसको उपल्ला नेतृत्वको ‘जग’का रुपमा रहेका वडा तह हरेक नेताको राजनीतिक भविष्य निर्धारण गर्ने एकाइ बनेका छन्। अहिले जिल्लाका नेताहरूले वडाका सक्रिय सदस्यसमक्ष आफ्नो उपस्थिति बाक्लो बनाइरहेका छन्। त्यसो त, सक्रिय सदस्यता प्राप्त कांग्रेसीहरूलाई पनि […]