चीनमा भेटियो २२ सय वर्ष पुरानो बुद्ध मूर्ति

चीनमा २२ वर्ष पुराना तामाका दुईवटा बुद्ध मूर्ति पुरातत्त्वकर्मीहरूले फेला पारेका छन् ।  ईस्टर्न हान राजवंशको पालाका प्राचीन चिहानबाट यी मूर्तिहरू फेला परेका हुन् ।  शाक्यमुनि भनी चिनिने एक मूर्ति लामो चोगा लगाएर एउटा मञ्चमा उभिएको अवस्थामा देखिन्छ भने अर्को मूर्तिले पाँच तथागतलाई देखाएको छ ।  चीनमा यसअघि फेला परेका बुद्ध मूर्तिभन्दा यी मूर्तिहरू २०० वर्ष पुराना छन् । गान्धार शैलीमा मूर्तिहरू बनाइएका हुन् । हालको उत्तरपश्चिम पाकिस्तान र पूर्वी अफगानिस्तान क्षेत्रमा ईसापूर्व सातौं शताब्दीदेखि ईसाको पहिलो शत...