बिहीबार सूर्यग्रहण लाग्ने

काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात वैशाख ७ गते सूर्यग्रहण लाग्ने भएको छ । शुक्रबार लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उनले […]

सम्बन्धित सामग्री

७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उहाँले बताउनुभयो ।कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष...

यस्तो देखियो नेपालबाट सूर्यग्रहण

कार्तिक कृष्ण औँसीका अवसरमा आज लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ । आजको सूर्यग्रहण ग्रस्तास्तअर्थात् ग्रहणकै समयमा सूर्यास्त भएकाले यस्ता ग्रहण बार्ने शास्त्रीय नियम फरक रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । […]

टुँडिखेलबाट यस्तो देखियो सूर्यग्रहण (तस्बिरहरु)

काठमाडौँ – आज कार्तिक कृष्ण औँसी। आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकिने र ग्रहणकै बेला सूर्यास्त हुने) सूर्यग्रहण लागेको छ। नेपालमा अपराह्न ४ः५२ मा सूर्यग्रहण लागेको थियो। त्यसको ३२ मिनेटपछि ५ः२४ मा सूर्यास्त भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार सूर्यग्रहण भने साँझ पौने ७ बजेमात्रै सकिएको हो। काठमाडौँको टुँडिखेलबाट पनि सूर्यग्रहण देखिएको […]

सकियो सूर्यग्रहण

कार्तिक कृष्ण औँसीका अवसरमा मंगलबार लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ ।आजको सूर्यग्रहण ग्रस्तास्तअर्थात् ग्रहणकै समयमा सूर्यास्त भएकाले यस्ता ग्रहण बार्ने शास्त्रीय नियम फरक रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । सामान्य अवस्थामा ग्रहण सकिने बित्तिकै अन्न खान समस्या नभए पनि आज ग्रस्तास्त सूर्यग्रहण लागेकाले बुधबार बिहान सू

यस्तो देखियो सूर्यग्रहण (फोटोफिचर)

आज अपराह्न ४ बजेर ५२ मिनेटमा खण्डग्रास सूर्यग्रहण लागेको छ । सूर्यलाई ग्रहणले छोएको ३२ मिनेटपछि बेलुका ५ बजेर २४ मिनेटमा ग्रहण हटेको थियो । काठमाडौं उपत्यकाबाट हेर्दा सूर्यग्रहण यस्तो देखियो...

सूर्यग्रहण आज

कात्तिक कृष्ण औँसीका दिन मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन् । खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताए । उनले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट […]

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास ९थोरै सूर्य ढाक्ने० सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।...

आज खण्डग्रास सूर्यग्रहण

काठमाडौं – आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ। मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए। ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ। कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ। पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुदैन,’ उनले भने। […]

भोलि सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

काठमाण्डौ – भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।  नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले बताउनुभयो । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो । समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सो...

आज सूर्यग्रहण लाग्दै, कहाँ–कहाँ देखिने छ ?

आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ ।  बिहान १०ः५९–दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  सूर्यग्रहण अस्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण अमेरिका र अन्टार्कटिकामा देखिने छ भने दक्षिण एसियाली देश र नेपालमा सूर्यग्रहण देखिने छैन ।