काठमाडाैं : बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘ऐना झ्यालको पुतली’ स्क्रिनिङ भइसकेपछि आयोजक समितिका एक सदस्यले सुजित बिडारीलाई म्यासेज गर्दै भने, ‘फिल्म सकिएपछि एक जना महिलाले तिम्रो बारेमा सोध्दै थिइन्। भन्दै थिइन्, त्यो नेपालको मान्छेले मेरो कथा कसरी थाहा पायो? मेरै कथामा कसरी फिल्म बनायो?’आफ्नै कथामा फिल्म बनाऊँ न त भनेर ‘ऐना झ्यालको पुतली’ बनाएका बिडारी पनि ‘हजारौँ किलोमिटर पर, अर्कै देशकी अर्कै भाषा बोल्ने महिलाले कसरी आफ्नो कथा भ