ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्रीलाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतलाई भेटर मुलुकको अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गरेको महासंघको टोलीले तरलता प्रवाह गरेर ब्याजदर घटाउन सुझाव दिएको हो । भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर […]

सम्बन्धित सामग्री

निजी क्षेत्रको मनोबल बढाउन बैंकले ब्याजदर घटाउनुपर्छः अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरूले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन्। बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा अर्थमन्त्री डा. महतले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए। […]

ब्याजदर नबढाउन फेडलाई अमेरिकी बैंकिङ क्षेत्रको आग्रह

तीन वटा क्षेत्रीय ऋणदाताको पतनलाई लिएर दुई हप्ताको बजार उथलपुथलपछि अमेरिकी बैंकहरूले  फेडरल रिजर्भको ब्याज दरको निर्णयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । केन्द्रीय बैंकले उच्च मुद्रास्फितिसँग जुध्नका लागि ब्याजदर बढाउने क्रम जारी राख्ने वा वाणिज्य बैंकिङ क्षेत्रमा थप उथलपुथल हुनबाट रोक्न कडा कदम चालिरहेको जनाएको छ । फेडले अर्को दर वृद्धिको लागि तयारी […]

बैंकको ब्याजदर वृद्धि नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्छौं : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले अब बन्ने सरकारले बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्ने बताएका छन् । ब्याजदरको चरम वृद्धिले उद्योगी व्यवसायीहरू संकटमा परेको बताउँदै उनले नीतिगत हस्तक्षेपको आवश्यकता औंल्याए ।गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरूलाई गम्भीर बन्न आग्रह पनि गरे । बैंकको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरू मारमा परेको भन्दै उनले उद्योगी र व्यवसायीहरूले ऋण र ब्याज तिर्न नसक्ने अवस्था आयो भने त्यसको गम्भीर असर बैंक तथा वित्तीय संस्थाहरूलाई न

बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह

बुटवल–  गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह गरेका छन् । उनले ब्याजदर नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका छन् ।  बिहीबार बुटवलमा रूपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर घटाउन आग्रह गरे । ‘ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न […]

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न आग्रह

नेपाल चेम्बर अफकमर्सले बैक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।जिल्ला चेम्बर अफकमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजीकर्जा सम्बन्धी […]

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर एवं राष्ट्र बैंकको चालू […]

ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह

कास्की – पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले आज मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य सङ्घसहित देशका निजी क्षेत्रसँग सम्बद्ध […]

तरलता व्यवस्थापन तथा ब्याजदर स्थायित्व कायम गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्पm ध्यानाकर्षण गराएको छ ।महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. नीलम ढुंगानासहितका उच्च अधिकारीहरूलाई सोमबार भेटेर उक्त आग्रह गरेको हो । […]

ब्याजदर एक अंकमा सीमित गर्न उद्योग परिसंघको माग

उद्योग परिसंघ प्रदेश १ ले बैंकको ब्याजदर एक अंकमा सीमित गर्न माग गर्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । परिसंघले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई यस्तो आग्रह गरेको हो । ‘बैंकहरुले असोज महिनादेखि लागू हुने गरि निक्षेपमा नयाँ ब्याजदर दोहोरो अंकमा वृद्धि गरि प्रत्येक बैंकले अलग अलग प्रतिस्पर्धी रूपमा असामान्य तरिकाबाट ब्याजका दर वृद्धिको सूचना सार्वजनिक भएको विषयप्रति नेपाल उद्योग परिसंघ प्रदेश नं १ को गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी सूचनामा भनिएको छ, ‘यस विषय

लघुवित्त संस्थाहरूले ब्याजदर घटाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरूले १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएका छन् ।  माइक्रोफाइनान्स एशोशियशन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाउँ गाउँसम्म पहुँच रहेका लघुवित्त संस्थाहरूले ब्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राखे । लघुवित्त संस्थाहरूले तय गरेको ब्याजदर घटाउन सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको जानकारी गराउँदै मन्त्री