काठमाडौं : तिब्बतको रोङ्सी खोलामा बनेको तालबाट पानी निकास भएको छ। शुक्रवार रातिबाट थुनिएको खोला चिनियाँ प्राविधिक टोलीको करिब दुई दिनको प्रयासपछि खुलेको हो।
खोलाबाट अब सुरक्षित रुपमा पानी निकास भएको जानकारी आफूलाई प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।
‘सुरक्षित रुपमा नै ताल बनेको खोलाबाट पानीले निकास पाएको…