सिंहदरबारमा बसेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीचको छलफल सकिएको छ । मंगलबार अपराह्न बसेको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । बैठकमा गठबन्धनलाई बलियो बनाउँने विषयमा छलफल भएको बताउँदै उनले विचार मिल्ने अरुलाई पनि गठबन्धनमा मिलाएर लैजाने बारेमा पनि छलफल भएको बताए । बैठकमा प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र व