चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बुल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। युताका आवासीय तथा अन्य देशका राजदूत गैरआवासीय हुन्।