दुई महिनाभित्र नगरकोट सडक निर्माण नसके ठेक्का तोड्ने सहमति

भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छन् ।

सम्बन्धित सामग्री

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो भक्तपुर-नगरकोट सडक

भादगाउँ– भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको हो । सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयवासीले लापरबाही गर्दा उक्त सडक […]

भक्तपुर–नगरकोट सडक खण्डमा गरिएको कालोपत्र गुणस्तरहीन

काठमाण्डाै - विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । हिजो भक्तपुर–नगरकोट सडक खण्डको अवस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवम् सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको पाइएको हो । निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकार...

उपप्रधानमन्त्री श्रेष्ठद्वारा भक्तपुर–नगरकोट सडक अनुगमन

भक्तपुर । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडक अनुगमन गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोलीले सडकको अनुगमन गरेको हो । अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सरकार सहेर नबस्ने बताए । अबको एक महीनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गरिने चेतावनी उनले दिए । ‘यो सडकको सम्झौता सन् २०१४ मा भएको हो । यो सन् २०१६ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो, सातपटक म्याद थप गरिसकिएको छ, तर पनि अहिलेको अवस्था हेर्दा सन्तोष गर्ने ठाउँ छैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले पनि सडकको हालत देखिहाल्नुभयो, जनताको असन्तुष्टि र आक्रोश पनि देख्नुभयो, यसमा हामी गम्भीर छौं ।’ निर्माण कम्पनीले भक्तपुर–नगरकोट सडकको निर्माणमा उपेक्षा गरेको भन्दै उनले समयमा गुणस्तरीय काम गरेर हस्तान्तरण नगरे अब थप समय नदिने बताए । रासस

भक्तपुर–नगरकोट सडक सबै दलको चुनावी एजेन्डा

उम्मेदवार नै आन्दोलनमा उत्रिएपछि आठ वर्षदेखि अलपत्र सडक निर्माण सुरु, पुसभित्रै सम्पन्न गर्ने प्रतिबद्धता आठ वर्षदेखि बन्न नसकेको भक्तपुरको चाँगु सिपाघाट सडक यसपटक सबैजसो उम्मेदवारको निर्वाचनको एजेन्डा बनेको छ । उक्त सडक...

भक्तपुर-नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर–नगरकोट सडक खण्ड सैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ साल कात्तिक ४ गते सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्र, नाली, पर्खाल निर्...

भक्तपुर–नगरकोट सडक खण्डमा स्थानीयको अवरोध

निर्माण सुरु भएको आठ वर्षसम्म पनि  सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै  सास्ती दिएको भन्दै छिटो सम्पन्न गर्न आन्दोलनस्वरुप सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा यात्रुले सास्ती भोग्दै वैकल्पिक बाटो प्रयोग गर्नु परेको छ ।उनीहरुले सडकको बीचम

आठौँ पटक म्याद थपेको भक्तपुर-नगरकोट सडक दुई महिनाभित्र सक्न निर्देशन

'अन्तको काम छाडेर भए पनि यहाँ काम गर्नुस्, अबको दुई महिनाभित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनैपर्छ, नत्र नगरपालिका ठेक्का रद्द गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौँ,' म्यानेजर अधिकारीलाई निर्देशन दिँदै नगरप्रमुख खत्रीले भने, 'सडकको सुर...

नगरकोट सडक नबनेपछि स्थानीय आन्दोलित

पुष्कर बुढाथोकी,भक्तपुर । । भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नगरप्रमुख सोमप्रसाद मिश्रले दवाबमूलक कार्यक्रम अन्तर्गत पुस ७ गते सडक निर्माण अलपत्र पर्नुका कारणबारे सरोकारवालाहरुसँग […]

दुई वर्षमा सक्नुपर्ने सडक सात वर्षमा पनि नबनेपछि

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कमलविनायकदेखि भत्केको पाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक विस्तारका लागि २०७१ असार २ गते नेकपा माओवादी अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सन …

नगरकोट सडक निर्माण सम्पन्न नभए कारवाही गर्छौंः मन्त्री बाँस्कोटा

भक्तपुरः सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वैशाखसम्ममा भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गरी क्षतिपूर्तिसमेत तिराइने बताएका छन् ।  नगरकोटमा शुक्रबारदेखि शुरु भएको तीनदिने ...