कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न

नेपालगञ्ज– कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ। बुधबार नगर सभामा आयोजित चौधौं नगर अधिवेशन मार्फत चालु आ.व. को अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर सभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेकी थिइन्। […]