नयाँ गठबन्धनको कुन दलको भागमा पर्ला बागमतीको मुख्यमन्त्री?

हेटौंडा : केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले-माओवादी नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरूको समीकरण फेरिएको छ। संघमा नेकपा एमाले-नेकपा माओवादी केन्द्रको गठबन्धन भएसँगै बागमतीमा पनि दलहरूको समीकरण परिवर्तन भएको हो।पाँचदलीय गठबन्धन भत्किएसँगै गत मंसिर ४ को निर्वाचनमा बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस प्रदेशसभाको दोस्रो कार्यकालमा पनि प्रतिपक्षमा बस्ने भएको छ। प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकालमा प्रतिपक्षीको भूमिका निभाएको कांग्रेस दोस्रो कार