धान दिवस र कृषि क्षेत्रको सुधार

राष्ट्रिय धान दिवस, कृषिप्रधान देश, तर कृषि उत्पादन निरन्तर घटेको छ । सरकारले आव २०७९/०८० को बजेटमा नारा लिएको छ, उत्पादनमा वृद्धि : मुलुकको विकास र समृद्धि । कृषि आधुनिकीकरणका लागि कृषि कार्यमा आवश्यक पर्ने यन्त्र, उपकरण वा पार्टपुर्जा उत्पादन गर्ने कृषि औजार कारखाना स्वदेशमै खोल्न प्रोत्साहन गर्न ६ वर्षसम्म आयकर पूर्ण रूपमा छुटको व्यवस्था […]

सम्बन्धित सामग्री

भरतपुरले मनायो धान दिवस

चितवन, १५ असार । भरतपुर महानगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ । महानगरको कृषि तथा पशुपक्षी महाशाखाको आयोजनामा भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारीको जग्गामा धान रोपाइँ महोत्सव गरिएको हो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले उपकरणबाट धान रोपेकी छन् । त्यसअघि प्रमुख दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले धानलाई पूजाआजा गरेर विधिवत्रुपमा रोपाइँको सुरुआत […]

सहकारीमन्त्री चौधरी – धान दिवस

काठमाडौँ,१५ असार । धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस कार्यक्रम तथा रोपाइँ महोत्सवमा धान रोप्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीलगायत । तस्वीर : सिद्धराज भट्ट, रासस

जनकपुरधाम उपमहानगरपालिकाले मनायो धान दिवस

जनकपुरधाम उपमहानगरपालिकाले कृषिलाई प्राथमिकता दिँदै पहिलो पटक धान दिवस मनाएको छ । बुधबार जनकपुरधामस्थित नोचा पोखरीमा उपमहानगरपालिकाले ‘अन्नबाली जनकपुरधामको रखवाली’ भन्ने मूल नाराका साथ धान दिवस मनाएको हो ।सो कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै उपमहानगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।उनले भने, ‘यहाँ प्रमुख समस्या रसायनिक मलको छ, त्यसमा

१९औं धान दिवस: कपिलवस्तुमा रोपाइँ महोत्सव

‘धान बालीमा जैबिक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ धान दिवस मनाइएको थियो। कृषि ज्ञान केन्द्रले दिवसमा अवसरमा मायादेबी गाउँपालिका–६ स्थित कृषक रावबेन्द्र चौबेको खेतमा धान रोपाइँ गरेको थियो।...

१९औँ राष्ट्रिय धान दिवस मनाइने

सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले जनाएको छ । विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि अनुसन्धान परिषद् (नार

१९ औँ राष्ट्रिय धान दिवस मनाइने

काठमाडौँ । सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले […]

पर्सामा पनि मनाइयो राष्ट्रिय धान दिवस

१५ असार, वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ । धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ दिवस मनाईएको कृषि ज्ञान केन्द्र पर्साका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले बताए । सशस्त्र प्रहरी बल […]

आज १८औं धान दिवस

काठमाडौं। आज कोरोना महामारीकाबीच १८औं धान दिवस मनाईदै छ। हरेक वर्षको असार १५ गते नेपालमा धान दिवस मनाइँदै आएको छ। खासगरी आजको दिनलाई नेपाली किसानहरुले मानो रोपेर मुरी फलाउने दिनको रुपमा समेत लिन्छन्। कृषि तथा पशुपन्छी मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ महामारीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर धान रोप्न भनेको छ।

यस वर्षको राष्ट्रिय धान दिवस साङ्केतिक रुपमा मनाइने

काठमाण्डाै - यस वर्षको राष्ट्रिय धान दिवस साङ्केतिक रुपमा मनाइने भएको छ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस तथा राेपाइँं महोत्सवका रुपमा मनाउने गरिन्छ । कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष पनि अघिल्लो वर्ष जस्तै स्वास्थ्यका मापदण्ड पालना गरेर साङ्केतिक रुपमा दिवस मनाउने निर्णय भएको कृषि विभागले जनाएको छ । विभागले जिल्ला स्तरका धान दिवस कार्यक्रम समेत सरकारी फार्ममा साङ्केतिक रुपमा मनाउन निर्देशन दिएको छ । हिलो खेल्ने लगायत सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । दिवस मनाउनका लागि दूरी कायम ग...

धान दिवस मनाउने तयारी

काठमाडौं, जेठ ३१ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ । विभागका महानिर्देशक डा गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि […]