एकपछि अर्को उपलब्धि हासिल गर्दै अघि बढेका नेपाली खेलाडी सन्दीप लामिछाने युवावस्थामा नै नेपाली राष्ट्रिय टीमको कप्तानको जिम्मेवारी पाउन सफल भए। छोटो समयमै धेरै अन्तरराष्ट्रिय फ्रेन्चाइजको अनुभव सँगालेका उनले राष्ट्रिय टोलीबाट पनि आफूलाई एक सफल खेलाडीको रुपमा उभ्याए तर अब उनीमाथि आएको कप्तानको जिम्मेवारी कसरी सफल बनाउँछन् त्यो भने प्रतीक्षाको विषय रहेको छ। नेपाली क्रिकेटमा सर्वाधिक कान्छो कप्तान बनेका सन्दीपले कप्तानी जिम्मेवारी जसरी पाए त्यो भने नेपाली क्रिकेटको एउटा नबिर