रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो । बिहान ११ बजे प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने तयारी पूरा भएको निर्माण आयोजना प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन