सर्वोच्च अदालतमा प्रहरी हस्तक्षेप

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ ।  कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । त्यसक्रममा केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यावसायीबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्

सम्बन्धित सामग्री

सर्वोच्चका दुवै गेटमा प्रहरीको बाक्लो उपस्थिति, बारबाट सर्वोच्च छिर्ने गेट बन्द

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेशमा रोक लगाउने गरी अवरोधको तयारी गरेपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बारबाट सर्वोच्च छिर्ने गेट बन्द गरिएको छ । कानून व्यवसायीहरूलाई सर्वोच्चतर्फ जान नदिन गेट बन्द गरिएको हो । बारले बिहीवार गरेको कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछि आज राणालाई अदालत प्रवेशमा अवरोध गर्ने घोषणा सर्वोच्च बारले गरेको थियो । महान्यायाधिवक्ता क...