काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३८४४ जनामा गरिएको परीक्षणमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिल देशभरि ११७१ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् ।