रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। विदेशमा रहने नेपालीहरूका लागि यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। […]