काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताएका छन् । होटल सङ्घ नेपालको ‘हिरक जयन्ती’ विशेष समारोहको आज ललितपुरमा उल्लेख गर्दै उनले रोजगारी सिर्जना, सांस्कृतिक आदान–प्रदान, अन्तरराष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध सुदृढीकरणमा पर्यटन उद्योगले उल्लेखनीय योगदान दिएको बताए । उपराष्ट्रपतिले दिगो पर्यटन, हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण र अन्तरराष्ट्रिय साझेदारीलाई […]
काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले आज पत्रकार सम्मेलन गरेर माघ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिए । पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख पाण्डेले आफ्नो साढे तीनवर्षे कार्यअवधिमा महानगरमा सहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण […]
काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक आह्वान गरिएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। यसैबीच, आजै निर्वाचन […]
ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष मृत फेला परेका छन् । धनबहादुर खत्रीको छोरा डाकबहादुर खत्री घर नजिकै बाटोको छेउमा मृतावस्थामा भेटिएका हुन् । आज बिहान करिब ६ः३० बजेको समयमा घरभन्दा अन्दाजी ५० मिटर टाढा मृतावस्थामा खत्रीको शव भेटिएको थियो । बाटो हिँड्ने क्रममा स्थानीयवासीले बाटोमा मृतावस्थमा खत्रीको शव भेटेपछि घरमा […]
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता नयाँ कार्यसमितिलाई मान्यता दिएपछि थापाले उक्त अपील गरेका हुन्। उनले निर्वाचन आयोगलाई विधानअनुसार निर्णय गरेकोमा धन्यवाद पनि दिएका छन्। ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित […]