२१०० विन्दुमुनि झर्‍यो नेप्से परिसूचक, ४ कारोबार दिनमा लगानीकर्ताले गुमाए १ खर्ब ६१ अर्बभन्दा बढी

काठमाडौं । धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक २ हजार ७० दशमलव ४१ विन्दुमा झरेको छ । गत साताको चार कारोबार दिनमा बजार निरन्तर घटेर २ हजार १०० विन्दुमुनी झरेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार १८२ दशमलव ६३ विन्दुमा बन्द भएको बजार चार कारोबार दिनमा ११२ दशमलव २२ अंक घटेको हो ।  पहिलो कारोबार दिन ६० दशमलव ७७ अंकले घटेको बजार दोस्रो कारोबार दिन १६ दशमलव ४० अंक, तेस्रो कारोबार दिन १३ दशमलव ९० अंक र चौथो कारोबार दिन २१ दशमलव १५ अंकले घटेको हो । गत साताको कारोबारमा लगानीकर्ता निरास भई शेयर विक्रीप्रति बढी केन्द्रित भएको देखिन्छ ।  सूचनामा केन्द्रित धितोपत्र दोस्रो बजारका लगानीकर्ता हरेक दिन बजारप्रतिको सकारात्मक सुचनाको पर्खाइमा रहने गर्दछन् । १४ लाखभन्दा बढी लगानीकर्ता सहभागी भैसकेको धितोपत्र दोस्रो बजारप्रति सरकारसँगै सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने माग लगानीकर्ताको छ । गत साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको थियो । बैंक तथा वित्तीय संस्थाकै बढी स्वामित्व रहेको धितोपत्र दोस्रो बजार सुधारका पक्षमा उक्त समिक्षामार्फत केहि नयाँ कुरा आउने आशा लगानीकर्ताले गरेका थिए । तर बजारको विषयमा मौद्रिक नीतिको समिक्षाले कुनै पनि सम्बोधन नगरेपछि लगानीकर्ता निरास बनेको जानकारहरूको बुझाइ छ । लगानीकर्ताले मार्जिन कर्जाको विषयमा थप परिमार्जनसहित केहि नयाँ कुरा मौद्रिक नीतिको समिक्षामा समेटिने आशा गरेको जानकारहरू बताउँछन् ।  लगानीकर्ताको उत्साहमा अघि बढ्ने बजार गत साता भने पछि धकेलिएको छ । नेप्से परिसूचकसँगै बजारका महत्वपूर्ण सूचकहरू अघिल्लो साताको तुलनामा गत साता घटेका छन् । सेन्सेटिभ अघिल्लो साताको अन्तिम कारोबार दिन ४१५ दशमलव ४२ विन्दुमा रहेकोमा गत साता ३९६ दशमलव ४४ विन्दुमा झरेको छ ।  त्यस्तै कारोबार रकम पनि अघिल्लो साताभन्दा रू. ४ अर्ब २६ करोडभन्दा बढीले घटेको छ । अघिल्लो साताको तुलनामा एक दिन कम कारोबार भएपछि गत साता औषतमै कारोबार रकम रू. ४४ करोड १३ लाखभन्दा बढीले घटेको हो । अघिल्लो साता रू. १२ अर्ब ५२ करोडभन्दा बढीको ३ करोड ३६ लाख १३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता रू. ८ अर्ब २५ करोडभन्दा बढीको २ करोड २३ लाख ८८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।  गत साता चार कारोबार दिनमा लगानीकर्ताले रू. १ खर्ब ६१ अर्बभन्दा बढी गुमाएका छन् । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. ३१ खर्ब ४९ अर्ब ६५ करोड ४७ लाख रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. २९ खर्ब ८७ अर्ब ७१ करोड १९ लाखमा झरेको हो । वित्त र जलविद्युत् समूहको परिसूचक ७ प्रतिशतभन्दा बढीले घट्यो गत साता कारोबारमा आएकासबै समूहगत परिसूचकहरू अघिल्लो साताको तुलनामा घटेका छन् । गत साताको कारोबारमा परिसूचकमा आएको कमिका आधारमा वित्त र जलविद्युत् समूहले सर्वाधिक गुमाएको देखिएको छ । वित्त समूहको सर्वाधिक ७ दशमलव ४५ प्रतिशत परिसूचक घटेको छ भने जलविद्युतको सर्वाधिक दोस्रोमा ७ दशमलव १९ प्रतिशत परिसूचक घटेको छ । त्यस्तै लगानीको ६ दशमलव ६५ प्रतिशत, जीवन बीमाको ६ दशमलव ३८ प्रतिशत, विकास बैंकको ६ दशमलव २८ प्रतिशत, होटल तथा पर्यटनको ५ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमाको ५ दशमलव १३ प्रतिशत, लघुवित्तको ५ दशमलव शून्य १ प्रतिशतले घटेको छ ।  यसैगरी उत्पादन तथा प्रशोधनको ४ दशमलव ७६ प्रतिशत, व्यापारिकको ४ दमलव १२ प्रतिशत, अन्यको ४ दशमलव शून्य ४ प्रतिशत, बैंकिङको ३ दशमलव ८४ प्रतिशत र म्युचुअल फण्डको २ दशमलव २६ प्रतिशत परिसूचक घटेको छ ।   

सम्बन्धित सामग्री

नेप्से परिसूचक ११.९७ अंकले घट्यो,कारोबार रकम ८२ करोडमा सीमित

पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधबार पनि घटेर कारोबार बन्द भएको छ । बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स...

नेप्से परिसूचक बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.३३ अङ्क बढेको छ । तर, कारोबार रकम भने घटेको छ । गत कारोबार दिन एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँ घटेको हो । आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर एक अर्ब एक करोडमा खरिद–बिक्री भएको […]

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अंकले ओरालो लागेर २ हजार ७६.६७ मा ओर्लेको हो।...

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौँ,२० असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ । कूल २३४ […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २ अर्बको मात्रै कारोबार

९ चैत, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ३६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ अंकमा झरेको छ । नेप्से परिसूचक […]

झिनो अंकले घट्यो नेप्से परिसूचक, ३१२ करोडको कारोबार

१३ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख […]

नेप्से परिसूचक २६ सय नजिक, कारोबार रकममा सुधार

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अङ्कमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि […]

स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

२४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत […]

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ […]