महेन्द्र मोरङको सभापतिमा चार विद्यार्थी संगठनको उम्मेदवारी

विराटनगर :  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि चार विद्यार्थी संगठनले उम्मदेवारी दर्ता गराएका छन्।चैत्र ५ गते हुने  स्ववियु निर्वाचनका लागि उनीहरुले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।सभापतिका लागि  नेविसंघबाट जसवन्त पौडेल,  अनेरस्ववियुबाट नविन पहाडी, अखिल क्रान्तिकारीबाट रोहित यादव र विद्यार्थी जनमत संघबाट  आनन्दकुमार साहले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।यस्तै सचिवमा ६ जनाको उम्मेदवारी परेको क्याम्पसको निर्वाचन समितिले जनाएको