नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीन भ्रमण समेत छिट्टै हुने बताएका छन् । भारत भ्रमणका लागि दिल्ली जान लागेका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भारतपछि चीनको भ्रमण हुने बताए । ‘अस्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले कोभिडको करिब करिब अन्त्यतिर जाँदै छ । तपाई छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’, प्रचण्डले भने, ‘मैले चीन भ्रमणमा आउँछु भनेको छु । यसअघि मैले तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्रासँ