बारेकोट गाउँपालिकाले बनायो विपन्न नागरिक उपचार कोष

सुर्खेत :  जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ।गरिबीको रेखमुनि रहेको नागरिकले आफैँले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणको लागि पनि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए। सुत्केरी, रुख, भिर बाट लडेर घाइते भएका र प्राकृतिक प्रकोपमा परेर उपचारमा समस्या भएकालाई गाउँपालिको सहयोग गर्ने उनले बताए।त्यस्तै संघीय सरकारबाट सूचीकृत भई आर्थिक सहायता गर्नुपर्ने बिरामीका लागि समेत उक्त कोषबाट