सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । विज्ञप्ति : वनको संरक्षण र दिगो व्यवस्थापनका लागि अमूल्य योगदान गर्दै आएका देशभरमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐ