आफैँ नमरी स्वर्ग देखिन्न कमरेड महाराज !

कम्युनिस्ट पार्टीको नेता भएकाले तपाईंलाई कमरेड भन्नैपर्‍यो तर तपाईंको ठालूपनले  महाराजको चिन्तन र चरित्र बिर्साउने खालको हुँदा  कमरेड भन्न पनि सकिएन। कमरेडले जेजे गरे पनि सदा मौन रहने  पशुजस्तो असल मित्र  त झन् हुन सकिएन। अलिबढी चेतना र विवेक हुनु नै यो नरपशु अर्थात् मानिसका लागि दुर्भाग्य भयो। भेडा भए भ्याभ्या गर्थेँ। भैँसी भए आइँ गर्थेँ।  मान्छे भएकाले ऐय्या भन्दा कमरेड महाराजको  चित्त दुःखेछ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रभुजी मलाई भेडो बनाउ भन्