वैदेशिक लगानी र जलविद्युत् विकास

विद्युत् ऐन, २०४९ र विद्युत् नियमावली, २०५० ले निर्दिष्ट गरेपछि स्वदेशी तथा वैदेशिक निजी लगानी गर्ने बाटो खुलेको थियो । अहिले आउन लागेको नीति र ऐनमा परिमार्जन गर्न खोजिए पनि ऊर्जालाई नियन्त्रण, प्रतिस्पर्धी र खारेजी गर्ने प्रावधानले झस्काएको छ । यससँग सम्बद्ध बहुसंख्यक ऊर्जा प्रवद्र्धकहरू विचलित हुने मानसिकतामा पुगेका छन् । विद्युत् ऐन, २०४९ ले निजी जलविद्युत् क्षेत्रमा प्रवेश गरून् भनेर नै ऐनलाई खुकुलो पारिएको थियो । सामान्य दस्तुर तिरेर साना, मध्यम र ठूला आयोजनाको अनुमति लिनेको होड नै चल्यो एकताका । थोरै दस्तुर तिरेपछि सर्वेक्षण अनुमति प्राप्त गर्न सजिलो पारिएको थियो । विद्युत् खरिद गरिदिने र सुविधा पाउने ग्यारेन्टी गरिएको थियो । त्यही आसबाट स्वदेशी तथा विदेशीहरू दर्जनौं आयोजनाको पहिचान र अध्ययन गर्न लागिपरे ।

सम्बन्धित सामग्री

प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने संस्कृति विकास भएन - Nepal Japan

नेपालको विकास आवश्यकता पूर्तिका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनु अपरिहार्य भए पनि लगानीकर्ता

प्रतिबद्धता आउँछ लगानी आउँदैन

सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ ।...

महँगो लागत र वैदेशिक लगानी

नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानी आकर्षित गर्ने नीति हरेक सरकारले लिए पनि उनीहरूलाई वास्तवमै आकर्षित गर्नेगरी वातावरण बनाउन भने सरकारहरू असफल देखिन्छन् । त्यसैले नेपालमा वैदेशिक लगानी आकर्षक रूपमा वृद्धि भएको पाइँदैन । नीतिगत र कानूनी सुधार आवश्यक छ भनेर बारम्बार विश्लेषण भइरहँदा नेपालमा व्यवसायको लागत निकै महँगो भएकामा भने कमैको ध्यान गएको छ । नेपालका लागि वित्तीय लगानी सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन २०२३ का वक्ताहरूले नीतिगत सुधारमा जोड दिए । यसमा नेपालले केही सुधार गरेको पनि छ । तर, सुधारको गति ढिलो छ । त्यसो हुँदा चुस्त निर्णय गरी समयसापेक्ष नीति लिन सक्नुपर्छ । नेपालमा अझै कतिपय कानूनी सुधार हुन सकेको छैन भने अन्य नीतिगत र प्रक्रियागत कुरामा समेत लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्न सकिएको छैन । सामान्यतया अर्को देशमा लगानी गर्नुको एउटा प्रमुख कारण सस्तो उत्पादन लागत हो । अमेरिकी कम्पनीले चीनमा सामान उत्पादन गर्नुको कारण सस्तो लागत नै हो । अहिले नेपालमा कस्ट अफ डुइङ बिजनेश निकै उच्च देखिन्छ । सस्तो श्रमकै कारण अन्य देशमा लगानीकर्ताहरू आकर्षित हुने हुन् । वैदेशिक रोजगारीको आकर्षणले गर्दा नेपालबाट ठूलो संख्यामा श्रमशक्ति विदेशिएको अवस्था छ । भएजति श्रमिक विदेश जाँदा उद्योग, व्यवसायमा असर त पर्ने नै भयो । तर, त्यो भन्दा पनि अहिले देखिएको ठूलो समस्या उद्योग, व्यवसाय सञ्चालनका लागि लागत खर्च निकै महँगो हुनु हो । नेपालमा जग्गाको भाउ निकै चर्को छ । शहरबजार र सडकले छोएका ठाउँको जग्गा किनेर उद्योग खोल्न निकै कठिन हुन थालेको छ । त्यसैले नेपालले वैदेशिक लगानी आकर्षित गर्ने रटान लगाइरहँदा यहाँ विद्यमान समस्यालाई कसरी सम्बोधन गर्ने भनेर नीति तय गर्नुपर्छ । जसरी अहिले आवश्यकता भन्दा बढीले जग्गाको भाउ बढाइएको छ, यसलाई नियन्त्रणमा राख्नु सरकारको काम हो । उद्योग सञ्चालनका लागि आवश्यक पर्ने रकम जग्गा खरीदमै लगानी गर्नुपर्ने भएपछि नेपालमा उद्यमशीलताको विकास हुन नसकेको हो भन्न सकिन्छ ।

विकास आयोजना र ठूला उद्योगमा मात्रै वैदेशिक लगानी भित्राउन सुझाव

विकासका ठूला आयोजनाहरू र ठूला उद्योगहरूमा मात्रै वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिन विज्ञहरूले सुझाव दिएका छन्। स्वदेशमै आत्म निर्भर भएका उद्योगहरू, साना र कम प्रतिफल भएका आयोजनामा वैदेशिक लगानी जरुरी नभएको उनीहरूको धारणा छ।...

प्रतिबद्धतामा प्रतिस्पर्धा तर लगानी कम

नेपालमा वैदेशिक लगानीको चर्चा पछिल्लो समय अलि बढी हुन थालेको छ, जुन वास्तवमा समयको आवश्यकता पनि हो । आफ्ना नागरिकको लागि रोजगारी सिर्जना गर्न तथा मुलुकमा औद्योगीकरण गर्न मात्र नभएर विभिन्न विकसित मुलुकले पनि प्रविधि हस्तान्तरण तथा विकास एवं नव–आविष्कारका लागि वैदेशिक लगानी भिœयाउन चाहन्छन् भने अल्पविकसित तथा विकासशील मुलुकका लागि त वैदेशिक लगानी अपरिहार्य […]

विदेशी विनिमय डेरिभेटिभ बजार विकास गर्न वैदेशिक लगानी आवश्यकः केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमय डेरिभेटिभ बजार’ विकास गर्न हालको ओभर दि काउन्टर (ओटिसी) मार्केटलाई अझ सशक्त बनाउँदै वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न लङ टर्म फरवार्ड, स्वाप्स र अप्सनलाई प्रवद्र्धन गर्नुपर्ने देखिएको जनाएको छ ।राष्ट्र बैंकले गरेको ‘फरेन एक्सचेन्ज डेरिभेटिभ मार्केट इन नेपाल’ प्रतिवेदनका अनुसार ५२.९ प्रतिशत नेपालीलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको देखाएको छ […]

पाँच वर्षमा १० अर्ब डलर वैदेशिक लगानी भित्र्याउने लक्ष्य

नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपयुक्त वातावरण निर्माण गरी वैदेशिक लगानी भित्र्याउ सरकार तयार रहेको बताउनुभएको छ । लगानी बोर्डको १०औं वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो बताउनुभएको हो । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले लिएका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेकाले लगानीको वातावरण […]

कसरी आउँछ वैदेशिक लगानी ?

अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको एउटा प्रतिवदेनले नेपालमा वैदेशिक लगानीका अवरोधहरूमात्र औंल्याएको छैन । त्यही प्रतिवेदनले ऊर्जा, पर्यटन, सूचना तथा सञ्चार, पूर्वाधार र कृषिलगायत क्षेत्रमा लगानीको सम्भावनालाई पनि देखाएको छ । समुद्रको बलौटे तट र मरुभूमिमा उभिएका देशहरूले संसारलाई नै उदाहरणीय विकास गरेर देखाइराख्दा हामी भने सम्भाव्यतालाई सिरानी हालेर किन अविकास र अभावैअभावमा बाँच्न बाध्य छौं ? अहिलेसम्म यो प्रश्नको वस्तुनिष्ठ उत्तर खोज्ने प्रयत्नै गरिएन । विकास र समृद्धिका कुरामात्र बाक्लै भए, त्यतिले नपुगेर यसका निम्ति विदेशी लगानी भित्र्याउन सम्मेलनका पटके प्रहसन गरिए । लगानी किन आएन ? प्रतिबद्धता खर्बौंमा आउँदा लगानी २/४ अर्बमा खुम्चिनुको पछाडि कस्ता अवरोध छन् ? यसलाई मिहीन रूपमा केलाउने र सहजीकरणमा अस्वाभाविक उदासीनताले समय र सम्भावना खेर गइराखेको छ । विकासका लागि चाहिने यति ठूलो रकम सार्वजनिक र स्थानीय निजी लगानीबाट सम्भव छैन । हामीसँग सम्भाव्यताको कमी छैन । त्यसको उपयोगका निम्ति स्रोत र सोचको अभाव भने अवश्य खट्किएको छ । हामीलाई वैदेशिक लगानी किन चाहियो ? राष्ट्रिय योजना आयोगको २५ वर्षे विकास लक्ष्यले दिगो विकास लक्ष्यमा पुग्न अबको करीब १० वर्षमा ३०३ खर्ब रुपैयाँ अतिरिक्त लगानी चाहिने देखाएको छ । आयोगका अनुसार चालू १५ औं पञ्चवर्षीय योजनाकै लागि पनि ९२ खर्ब रुपैयाँ लगानी जरुरी छ । आयको आधार हेरौं, राजस्वबाट हुने आम्दानी साधारण खर्च धान्नै पुग÷नपुग छ । विदेशी सहायतामा अनुदानको अंश खुम्चिँदै छ । सार्वजनिक ऋण उकालो ग्राफमा छ । अहिले वैश्विक रूपमा पैmलिएको कोरोना महामारीले व्यापार २० प्रतिशतले घटेको विश्व व्यापार संगठनको अनुमान छ । माग र आपूर्तिको शृंखला अवरुद्ध हुँदा त्यसको परोक्ष प्रभाव आन्तरिक आयमा पर्नेमा आशंका छैन । यो महामारी दीर्घकालीन नहोला, भर्खरै राजनीतिक संक्रमणबाट बाहिर निस्किएर विकासलाई गति दिने समयमै आइपरेको विपत्तिको मूल्य भने गम्भीर हुन सक्दछ । सत्ता र शक्ति स्वार्थका निम्ति स्थायित्वका आधार भत्काउने राजनीतिक प्रवृत्तिको मार बेग्लै छ । विकासका लागि चाहिने यति ठूलो रकम सार्वजनिक र स्थानीय निजी लगानीबाट सम्भव छैन । हामीसँग सम्भाव्यताको कमी छैन । त्यसको उपयोगका निम्ति स्रोत र सोचको अभाव भने अवश्य खट्किएको छ । साधन र आवश्यकताबीचको उल्लिखित खाडल पूर्तिका निम्ति बाह्य लगानी नभई हुँदैन । अब, प्रत्यक्ष वैदेशिक लगानीको तथ्य नियालौं, एफडीआई इन्टेलिजेन्सका अनुसार विश्वको एक नम्बर अर्थतन्त्र अमेरिका प्रत्यक्ष वैदेशिक लगानीको शीर्ष गन्तव्य हो । अमेरिका बाह्य लगानी भित्र्याउन अनेक उपायमा उत्रिएको छ । चीनसँगको व्यापार झगडादेखि व्यापार र पर्यावरणका बहुपक्षीय संस्थाप्रति असन्तोष यही रणनीतिका उपक्रमहरू हुन् । सन् २०२० मा अमेरिकाले पश्चिमी यूरोपका देशबाट ६१ विलियन अमेरिकी डलर लगानी भित्र्याएको छ । अमेरिकाको प्रतिस्पर्धी अर्थतन्त्र चीनले एशिया प्रशान्त क्षेत्रमै सबैभन्दा बढी लगानी आकर्षित गरेको तथ्यांक छ । बितेको वर्ष चीनमा २९ दशमलव ७ विलियन अमेरिकी डलरबराबरको बाह्य लगानी आएको छ । बेलायतलाई यूरोपमै लगानीको प्रमुख गन्तव्य मानिन्छ । दक्षिण छिमेकी भारतले लगानीलक्षित कानूनमा व्यापक सुधार गरेको छ । कर संरचनादेखि उत्पादन लागत घटाउन नीति र प्रक्रियागत पुनःसंरचनामै उत्रिएको भारत अहिले लगानी भिœयाउन झनै लचिलो बनेको छ । विश्व अर्थतन्त्रका मुख्य खेलाडीहरूबीच यस्तो होड चलिराख्दा नेपालको लगानी वातावरणबारे सार्वजनिक भइराखेका नकारात्मक तथ्यसहितका प्रतिवेदनले लगानीकर्तामा कस्तो सन्देश जान्छ ? सरकारले लगानीमैत्री वातावरण बनेको दाबी गरिराखेको छ । तर, यस्ता प्रतिवदेनले लगानीकर्ताको मनोविज्ञान कसरी प्रभावित होला ? यतिखेर मुख्य चिन्ता, चासो र सुधारको विषय यही बन्नुपर्छ । तथ्य यो पनि हो कि, अहिले विश्वले सामना गरिराखेको कोरोना महामारीले विश्वव्यापी लगानी प्रवाह खस्किएको छ । एफडीआई इन्टेलिजेन्सको खोजले सन् २०२० मा प्रत्यक्ष वैदेशिक लगानीका योजना र पूँजी लगानी दुवै घटेको छ । गत वर्ष यस्तो लगानी एकतिहाइले घटेकोे छ । सन् २०१९ मा प्रत्यक्ष वैदेशिक लगानीका १६ हजार ८१६ परियोजना सञ्चालनमा थिए । सन् २०२० मा यो संख्या ११ हजार २२३ मा झरेको छ । यी योजनामा कुल पूँजी लगानी ३४ प्रतिशतले खुम्चिएर ५२८ दशमलव २ विलियन डलरमा सीमित छ । यसबाट रोजगारीमा ४१ प्रतिशत कटौती भएर १ दशमलव ४ मिलियनमा समेटिएको प्रतिवेदन छ । संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी)को वल्र्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२० ले पनि सन् २०२१ मा विश्वव्यापी लगानी प्रवाह ५ देखि १० प्रतिशतसम्म घट्ने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्रमा घट्दो वैदेशिक लगानी प्रवाह र त्यसमाथि शक्ति राष्ट्रबीच प्रतिस्पर्धा छ । यस्ता देशहरू स्रोत तानातानमा आमनेसामने हुँदा हामीसँग लगानी भिœयाउने आकर्षण के हुन सक्दछ ? कार्यान्वयनको तहमा सुधारको प्रत्याभूति नभएसम्म सुधारका प्रतिबद्धतामात्र लगानी भित्र्याउन पर्याप्त हुँदैनन् । डुइङ बिजनेश सूचक २०२० मा नेपालले अघिल्लो वर्षको तुलनामा १६ स्थान माथि उक्लिएर ९४औं स्थान सुरक्षित गरेको छ । व्यवसायको प्रक्रिया, पूँजीको महँगो लागत, न्यून गुणस्तरीय ऊर्जा, कर भुक्तानीको झन्झट, अधिक समय र अदृश्य खर्चजस्ता कुरामा सुधार छैन । गतवर्ष नेपाल उद्योग परिसंघले गरेको अध्ययनमा व्यवसायीले आप्mनो आयको ३५ प्रतिशतसम्म घुसमा खर्च गर्नु परेको तथ्य बाहिर ल्याएको थियो । नेपाली वस्तुको बा≈य बजारमा पहुँच निकै दयनीय छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा नेपालले ९२ रुपैयाँको आयात गर्दा निर्यात ८ रुपैयाँ मात्र छ । २ दशकअघिसम्म निर्यातको योगदान २३ प्रतिशत थियो । अहिले जति निर्यात भएको छ, त्यो पनि आन्तरिक कच्चा पदार्थको प्रवर्द्धन र वास्तविक मूल्यअभिवृद्धिमा आधारित नभएर भन्सार महसुल अन्तरले दिएको अल्पकालीन लाभको उपज बढी हो । विश्व बैंकका अनुसार नेपालबाट कुनै पनि वस्तुको निर्यात औसतमा २ दशमलव ७ वर्षभन्दा बढी टिक्न सेकेको छैन । सरकारले निर्यात प्रवर्द्धनमा टिकाउ नीति लिन सकेको छैन । पाम आयल प्रतिबन्धपछि बितेको वर्ष निर्यातमा भटमास तेलले दिएको भरथेग यसैको निरन्तरता हो । एक जमानामा राम्रै निर्यात परिमाण दिएका वनस्पति घ्यू, तामा, जिंक उद्योग अहिले इतिहास भइसके । गलैैंचा, तयारी पोशाक र पस्मिनाको त्यही हविगत छ । नेपालबाट केही वर्षअघिसम्म खाद्यान्न निकासी हुन्थ्यो, अहिले हाम्रो भान्छा चलाउन पनि भारतबाट चामल र तरकारी भित्र्याउनु परेको छ । विश्व बैंकको हालैको एउटा प्रतिवेदनमा नेपालको वार्षिक निर्यात क्षमता ९ अर्ब २० करोड डलरबराबर रहेको उल्लेख छ । निर्यात भने १ अर्ब डलरको हाराहारीमा छ । गत वर्ष १ खर्ब ४१ अर्ब रुपैयाँबराबरको निर्यातको तथ्यांक भन्सार विभागसित छ । यसमा भटमासको तेलको योगदान मुख्य छ । नेपालको निर्यात क्षमता र क्षेत्र दुवै घटेको छ । सन् २००९ मा नेपालले १४६ देशसित व्यापार गरेकोमा अहिले यो संख्या १२५ छ । निर्यातयोग्य वस्तुको संख्या १ हजार १६७ बाट १ हजार ९३ मा खुम्चिएको छ । आन्तरिक होओस् वा बाह्य, सबै खालको लगानीका लागि प्रतिफल मुख्य शर्त हो । लगानीले प्रतिफल दिन बजार चाहिन्छ । नेपालको ३ करोड जनसंख्या र उपभोग क्षमताले ठूलो परिमाणमा आउने लगानीलाई लाभ निश्चित गर्न सक्दैन । भारतमा आउने लगानीकर्ताले त्यहीँको उपभोक्तालाई लक्षित गर्‍यो भने व्यावसायिक उद्देश्य पूरा हुन सक्दछ । हामीकहाँ आन्तरिक बजार र उभोगलाईमात्र लक्ष्यमा राखेर हुँदैन । बाह्य बजारलाई लक्षित गर्ने हो भने यहाँको बस्तु र सेवा तुलनात्मक प्रतिस्पर्धी हुनु प्राथमिक शर्त हो । प्रतिस्पर्धी उत्पादनको आधार नभेटिनु बाह्य लगानी आकर्षित नहुनुको मुख्य कडी हो । जति नीति तथा प्रक्रियागत विरोधाभासहरू छन्, ती सबैले प्रतिस्पर्धी क्षमतालाई नै कमजोर बनाइराखेका छन् । स्वदेशी उत्पादनलाई बाह्य बजारमा स्थापित हुने आधारको प्रत्याभूति नभएसम्म प्रत्यक्ष वैदेशिक लगानीको रट आलापमात्रै हुनेछ ।

वैदेशिक लगानी र समृद्धिको सपना

विदेशी लगानीले नाफाजति विदेशी पुँजीपतिको खल्तीमा पुर्‍याउँछ र देशमा कमिसनखोर दलाल पुँजीपतिको विकास गराउँछ   उर्दू–हिन्दीका प्रसिद्ध साहित्यकार कृश्न चन्दरको व्यंग्यात्मक उपन्यास ‘एक गधे की आत्मकथा’मा एउटा बोल्ने गधाको परिकल्पना गरिएको छ...