झट्ट हेर्दा सामान्य देखिए पनि अर्थ–संकेत निकै गहिरो लाग्ने कूटनीतिक नियत (नियति पनि) को एक सन्दर्भ यतिखेर चर्चामा छ, त्यो हो — भारतका लागि नेपाली राजदूतप्रति दर्साइएको व्यवहार । दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा गत वर्ष कात्तिकमा सिफारिसमा परेका थिए, उनले चैतमा मात्रै ‘एग्रिमो’ पाए, र एक महिनाअघि मात्रै उनलाई ओहोदाको प्रमाणपत्र बुझाउने अवसर दिइयो । दिल्ली उत्रिएको तीन महिना हुनै लाग्दा पनि राजदूत शर्माले भारतीय प्रधानमन्त्री र विदेशमन्त्री मात्र होइन, विदेश सचिवसित पनि शिष्टाचार भेट पाउन सकेका छैनन् या त्यसका निम्ति उनलाई समय दिइएको छैन ।