प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेल सकिएका छन्। सहभागी दश टोलीले सबै टोलीसँग एकअर्काविरूद्ध नौ नौ खेल खेलेसँगै प्रतियोगिताको लिग चरणका खेल सकिएका छन्।
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले दिउँसो सवा दुई बजेबाट बैठक सुरु भएको हो ।
यसअघि आजै कांग्रेसको …
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा २ बजेका लागि तोकिएको बैठक केही ढिलागरि सुरु भएको हो। बैठकले संसदीय दलको नेता चयन, पार्टीको आगामी कार्यक्रम, इतर समुहको गतिविधि लगायत एजेण्डामा छलफल गर्ने छ ।
मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा झन्डै तीन दर्जन कामदार गम्भीर रूपमा जलेका थिए। तीमध्ये नौ जनाको हिजो र बाँकी सात जनाको उपचारका क्रममा मृत्यु भएको हो।
काठमाडौं– काठमाडौं महानगरपालिका ११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो । आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । […]